काठमाडौं । नेपाल र साउदी अरेबियाबीच जनरल को–अपरेशन एग्रिमेन्टमा हस्ताक्षर भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज मंगलबार भएको नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठकमा सो सम्बन्धी सम्झौता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरेबियाको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए ।
हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेको मन्त्रालयको भनाइ छ ।
FACEBOOK COMMENTS