काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सौर्य एअरलाइन्सको विमान दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले दुर्घटनामा एक व्यक्ति वा संस्थालाई नभई धेरै पक्षलाई जिम्मेवार ठहराएको छ ।
प्रतिवेदनअनुसार विमानको टेकअफको क्रममा अपर्याप्त गति र अत्यधिक माथि उठाइएको नोजले गर्दा यो ‘डीप स्टल’ अवस्थामा पुगेको थियो । यसका कारण विमानको सन्तुलन गुमेर अनियन्त्रित भई खसेको निष्कर्ष निकालिएको छ ।
दुर्घटनामा एअरलाइन्सले पनि गम्भीर गरेको पाइएको प्रतिवेदनको निष्कर्ष छ । एअरलाइन्सले लामो समयदेखि गलत स्पीडकार्ड प्रयोग गर्न दिएको, पाइलटहरूको तीव्र पिच रेट टेकअफलाई नियन्त्रण गर्न असफल हुनु, सामान तौल नगर्नु, कार्गो सुरक्षित नबाँध्नु जस्ता गम्भीर लापरबाहीहरू औंल्याइएको छ ।
चालक दलले गलत गति सेटिङ गर्नु, अत्यधिक पिच रेट अपनाउनु र आपतकालीन स्थिति व्यवस्थापनमा असफल हुनु जस्ता गम्भीर भुलहरू गरेको पाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणको कमजोर निरीक्षण, डेटा निगरानीको अभाव र नियमनमा ढिलाइलाई पनि जिम्मेवार ठहराइएको छ ।
विमानस्थल प्रशासनले आपतकालीन प्रतिक्रियामा गम्भीर कमजोरी गरेको आरोप प्रतिवेदनमा लगाइएको छ ।
यो पनि पढ्नुहोस्–
सौर्य एअरलाइन्स दुर्घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)
FACEBOOK COMMENTS