काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ‘नाइन एन–एएमई’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार बिहान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा छन् ।
नियमित परीक्षणका लागि काठमाडौंबाट पोखराका लागि उडान भरेको केही समयमा नै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वपट्टी रहेको स्थानमा उक्त विमान दुर्घटना भएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नी नियन्त्रकलगायत नेपाल नागरिक उडड्यन प्राधिकरणको संयुक्त सहकार्यमा विमानमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । विमान पूर्णरूपमा जलेर नष्ट भएको छ ।
साथै दुर्घटनामा घाइते भएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
पढ्नुहोस् थप समाचारहरू–
सौर्य एअरको जहाज दुर्घटनासम्बन्धी हेर्नुहोस् यी भिडिओहरू
FACEBOOK COMMENTS