काठमाडौं । काठमाडौंबाट पोखरा उड्ने क्रममा दूर्घटनाग्रस्त सौर्य एअरलायन्सको जहाजमा सर्वसाधारण यात्रु नभएको बताइएको छ ।
स्रोतका अनुसार जहाजमा चालकदलसहित १९ जना रहेको र उनीहरू सर्वसाधारण यात्रु नभएको बताइएको हो ।
स्रोतका अनुसार जहाजमा सौर्य एअरलाइन्सकै मर्मत सम्भारका इन्जिनीयर तथा प्राविधिकहरुको टोली सवार रहेको बुझिएको छ ।
विमानमा चालक दलका दुई सदस्यमा मनिष शाक्य र एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासिनि, श्याम विन्दुकार, नवराज आले, नवराज आचार्य, प्रीजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्या, सन्तोस महतो, पुन्यरत्न शाही र आरिफ रेडा सवार थिए ।
आज बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै नाइन एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको र उनको हाल जीवीतै उद्धार गरिएको छ ।
FACEBOOK COMMENTS