काठमाडौं । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
गत साउन ९ गते सौर्य एअरलाइन्सको ‘नाइन एन–एएमई’ सीआरजे–२०० जहाज दुर्घटना हुँदा उनी मात्रै बाँच्न सफल भएका थिए । दुर्घटनामा घाइते भएका उनको सोही दिनदेखि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार आल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज टेकअफ गरेको केही सेकेण्डमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये को–पाइलट सुशान्त कटुवालसहित १८ जनाको निधन भएको थियो ।
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा को–पाइलट कटुवाल र यमनी नागरिकसहित १८ जनाको मृत्यु (नामसहित)
सौर्य एअरको जहाज दुर्घटनासम्बन्धी हेर्नुहोस् यी भिडिओहरू
त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना (फोटो फिचर)
FACEBOOK COMMENTS