काठमाडौं । नेपाल एसबिआई बैंक लिले लेखनाथ पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । भदौ ३१ गतेका दिन बसेको सञ्चालक समितिको ५५औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा पोख्रेललाई भदौ ३१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।
यस अघि निजले नेपालएसबिआई बैंक वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्षभन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व निर्भागर्नेमा पर्ने बैंकले दावी गरेको छ ।
नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमतिलिई कोष व्यवस्थापन,लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्गलगायतका सेवाप्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS