सर्लाही। नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ स्थित मुसहर समुदायका परिवार तथा बालबालिकालाई लक्षित गर्दै शैक्षिक तथा अत्यावश्यक सामग्री वितरण गरेको छ ।
बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले एक औपचारिक कार्यक्रमका बीच ५० भन्दा बढी परिवार र बालबालिकालाई सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार लगायत बैंक तथा स्थानीय निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न तथा पछाडि पारिएका समुदायहरूमा यस्ता सहयोगमूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
३१ वर्षदेखि नेपालमा सेवा दिँदै आएको बैंकका हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
FACEBOOK COMMENTS