काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच सम्झौता भएको छ ।
बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८.५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडे र बुद्ध एयर प्रा. लि.का संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS