काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले र्याफ्ट बोट तथा विभिन्न उद्धार सामग्रीहरू प्रदान गरेको छ ।
उक्त सामग्रीहरू बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहलाई एक समारोहबीच औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा नेपाल प्रहरीका उच्च पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
बैंकले प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि समय समयमा यस्ता सहयोगात्मक गतिविधिहरू गर्दै आएको जनाएको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्षदेखि नेपालभर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गरेको छ ।
FACEBOOK COMMENTS