काठमाडौं । नेपाल एसबीआई बैंकको सिन्धुली जिल्लास्थित घ्याङलेख गाउँपालिकामा रहेको शाखामा लुटपाट भएको छ ।
आज साँझ ६,७ जनाको समूहमा गएको लुटेराको समूहले बैंक लुटपाट गरेको बताइएको छ । साँझ टाटासुमोमा गएका नकाबधारीले बैंक लुटपाट गरेको जनाइएको छ ।
लुटेराको समूहले बैंकका सुरक्षागार्डलाई हतियार देखाएर कुटपिट गरेको बताइएको छ ।
सिन्धुलीका एसपी लालध्वज सुवेदीले बैंक लुटपाटमा संलग्नहरू चढेको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको स्रोतका अनुसार बैंकको शाखाबाट ३ करोड बढी रकम लुटपाट भएको बताइएको छ ।
FACEBOOK COMMENTS