काठमाडौं । नेपाल एसबिआई बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
सभाले बैंकको गत आव २०७९-८० को नाफाबाट सेयरधनीलाई ३.७५ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ
सभाले सन्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९-८० वार्षिक आर्थिक विवरण पारित गरेको छ ।
सभाले आ.व. २०८०-८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सपिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
FACEBOOK COMMENTS