काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकहरूलाई सुविधा उपलब्ध गराउन बैंकले सो अस्पतालसँग समझदारी समेत गरेको छ । बैंकका भिसा र डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित सो समझदारी गरिएको बैंकले जनाएको छ ।
समझदारी अनुसार बैंकका ग्राहकले न्युरो अस्पतालको सेवा लिँदा कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्नुपर्ने छ । त्यसबापत अस्पतालले आफ्नो विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने छ ।
सो सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS