काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले ‘एएमएल–सीएफटी अनुपालन र मूल्याङ्कन तयारी’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपालको आगामी एएमएल मूल्याङ्कनको तयारीका क्रममा अपनाइने उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास र संस्थागततालाई प्राथमिकताका रूपमा प्रस्तुत गरिएको बताइन्छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर, विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरू, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरू, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू र अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
डेपुटी गभर्नर डा. तिम्सिनाले गोष्ठीको महत्व र नेपालका लागि हुन लागेको एएमएल मूल्याङ्कनको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले खेल्नुपर्ने भूमिकाबारे विचार व्यक्त गरेकी थिइन् ।
कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा एएमएल–सीएफटी एवं अनुपालन विज्ञ रामकृष्ण सुसारलाले गर्दै अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरूबारे नेपालका वित्तीय संस्थाहरूका लागि व्यावहारिक सन्देश सुनाएका थिए ।
नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डालगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमको समापनमा सरोकारवालाहरूबीच आपसी समन्वय र विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना गर्दै नेपालको एएमएल–सीएफटी ढाँचालाई अझ सुदृढ पार्ने प्रतिबद्धता जनाइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगत ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका १०१ शाखा, २२ एक्सटेन्सन काउण्टर, २० शाखारहित बैंकिङ एकाइ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
FACEBOOK COMMENTS