काठमाडौं । नेपाल प्रहरीको डीएसपी हौँ भनी ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौंको कलङ्की बस्ने सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा छन् ।
उनीहरूले आफूलाई नेपाल प्रहरीको डीएसपी हौँ भनी प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ ।
FACEBOOK COMMENTS