काठमाडौं । फोकसवान पेमेन्ट सोलुसनले मोबाइल डिजिटल वालेट- ‘मोको’ आजबाट शुरू गरेको छ। डिजिटल भुक्तानीमा विश्वब्यापी रुपमा प्रख्यात भिसासँगको साझेदारीमा ‘मोको’ डिजिटल वालेट सेवा सुरु गरेको हो।
राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक संस्था फोकसवानले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा सेवा सुरु गरेको हो। यसका प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्ट्मा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागि भुक्तानी शुरू गर्न सक्छन्। यो एप सुरक्षित छ भनेर ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ प्रोटोकलद्वारा मान्यता प्राप्त छ।
यो क्यु आर भुक्तानीको प्रक्रियाले एक अन्तरक्रिय, सुरक्षित र स्थिर सिस्टमको आवस्यकतालाई सम्बोधन गर्दने विज्ञप्तिमा उल्लेख छ।
प्रयोगकर्ताहरुले एउटा मोबाइल एपको प्रयोगले नै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट् आउटलेटहरुमा भुक्तानी गर्न सक्छन्।
नेपाल इन्भेष्टमेन्ट बैंकले भिसा कार्ड प्रयोगकर्ताहरुले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै- टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्।
यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन पर्दैनl हरेक समय ‘मोको’ प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरीएको भिसा कार्ड बीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्। मोको प्रयोगकर्ताहरुले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन्l
मोको धेरै बैंक कार्डहरुको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछl भिसाको लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासुले डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरु माझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहेको बताए।
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नियमकको क्युबर भुक्तानी अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यान दिँदै नयाँ सेवा सुरु गरेको बताए।
कम्पनीले आगामी महिनाहरुमा १० भन्दा बढी अन्य बैंकहरुसँगको सेवा थप गर्नेछ र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेको पाण्डेले जानकारी दिए। ‘मोको’ एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोडको लागि उपलब्ध छ।
FACEBOOK COMMENTS