काठमाडौं । बूढानीलकण्ठ हात्तीगौंडास्थित यूरो स्कुलमा विद्यार्थीलाई लेबलिङ नगरेको पाउरोटी खुवाएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
यूरो स्कुलका ४० भन्दाबढी बालबालिकामा झाडाबान्ताको समस्या देखिएको समाचार र अभिभावकको गुनासो आएपछि अनुगमनमा जाँदा यस्तो पाइएको हो ।
विभागका अनुसार बालबालिकाले पिउने पानी विद्यालय आफैंले शुद्घिकरण गर्ने गरेको र शुद्घिकरण गर्ने प्रक्रियामा शंका लागेर नमुना परीक्षणको लागि लगिएको छ। नमुना प्रयोगशालामा पठाइसकिएको र नतिजा आउन केही दिन लाग्ने स्रोतले बताएको छ ।
विद्यालयलाई लेबल बिनाको खानेकुरा नपकाउन अथवा नदिनको लागि निर्देशन विभागले दिएको छ ।
FACEBOOK COMMENTS