बुटवल । गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाले विद्यालयमा बिदा दिएका छन् ।
तौलिहवास्थित कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाले साउन ११ देखि साउन १३ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएका हुन् ।
पछिल्ला दिनमा गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । दुवै पालिकाले सूचना जारी गर्दै तीन दिनसम्म विद्यालयमा बिदा दिइएको जनाएका छन् ।
गर्मीका कारण विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS