काठमाडौँ । विद्यालयको व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि गरिएका विभिन्न प्रयासका कारण पछिल्लो समय सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार रूपन्देहीको कालिका मानवज्ञान मावि बुटवल सबैभन्दा बढी विद्यार्थी रहेको सामुदायिक विद्यालय रहेको पाइएको छ ।
कालिका माविमा ७ हजार ६११ विद्यार्थी थिए । यसरी सबैभन्दा बढी विद्यार्थी हुने सामुदायिक विद्यालयहरू लुम्बिनी प्रदेशका रहेका छन् । पहिलो, दोस्रो र तेस्रो नम्बरमा लुम्बिनी प्रदेशका कालिका मावि, कान्ति मावि, शान्ति नमुना मावि रहेका छन् ।
सबै तहमा गत शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्यामा वृद्धि भएको आर्थिक सर्वेक्षण देखाएको छ । शैक्षिक सत्र २०७८ को तुलनामा शैक्षित्र सत्र २०७९ मा अध्ययनरत विद्यार्थीको संख्या २.५ प्रतिशतले वृद्धि भई ७२ लाख ६९ हजार ५५१ पुगेको देखिएको छ ।
कुल विद्यार्थीमध्ये आधारभूत तह (१–८) मा ७४ दशमलव २ प्रतिशत र माध्यमिक तह (९–१२) मा २५.८ प्रतिशत विद्यार्थी रहेका छन् । विद्यार्थीको टिकाउ दरमा वृद्धि भएको कारण हरेक तहमा यस्तो संख्या वृद्धि हुन गएको हो ।
FACEBOOK COMMENTS