काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंक ली. बिच मिति क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा रु. ३ लाख सम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकले एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्दा सरल र सहज रुपमा कुमारी बैंक ली. वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।
एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ ।
एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ बिषेश बिषेशताका कारण र सो बिषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली विज्ञप्ती मार्फत जनाएको छ ।
FACEBOOK COMMENTS