काठमाडौं । सीएफ मोटोको उत्पादन जिहो इलेक्ट्रीकले नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सीएफ मोटो तथा जिहो स्कुटरको को नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ४ लाखभन्दा कम मूल्यमा जिहो एई ६ प्लस सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ‘जिहो एई-६ प्लस’ स्कुटरको डबल ब्याट्री भर्सन नेपालमा सार्वजनिक गरेको छ । यसको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ रहेको जनाएको छ ।
चिनियाँ कम्पनी जिहोको उत्पादन एई-६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो । स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
कम्पनीले नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको एई-६ स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर रहेको छ ।
यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा १.५ किलोवाट क्षमताको ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने छ ।
FACEBOOK COMMENTS