काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई १० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गराउने भएको छ ।
बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई जरिवाना गर्ने भएको छ भने केयर रेटिंग नेपाललाई स्पष्टिकरण सोधेको छ ।
बोर्डका अनुसार सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा ८२ (२) अनुसार १० हजार जरिवाना गराएको छ ।
इम्पेरियल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार जरिवाना गराउने निर्णय गरेको छ । यस्तै त्रिशुल सेक्युरिटिजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार जरिवाना गराउने निर्णय गरेको छ ।
सेबोनले केयर रेटिंगलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले रेटिंग नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिंग गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न भनेको छ ।
FACEBOOK COMMENTS