काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्रीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।
यो सँगै कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर निष्काशन गर्नेछ ।
सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७५ लाख ४६ हजार ६११ कित्ता शेयर निष्काशन गर्ने छ ।
FACEBOOK COMMENTS