काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार संचालन नियमावलीमा भएको संशोधन सार्वजनिक गरेको छ । नेपाल सरकारले स्वीकृत गरेको धितोपत्र बजार संचालन (दोस्रो संशोधन) नियमावली २०७९ आज धितोपत्र बोर्डले सार्वजनिक गरेको हो ।
नयाँ ब्यबस्था अनुसार सरकारले अब लाईसेन्स दिने स्टक एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब हुनु पर्ने छ । तर हाल भईरहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले भने ३ अर्ब पुर्याउनु पर्ने छैन । त्यस्तै नयाँ स्टक एक्सचेन्जले २ वर्षभित्र ३० प्रतिशत रकम आईपिओ निष्काशन गर्नु पर्ने छ । तर नेप्सेलाई भने आईपिओ निष्काशन गर्नु पर्ने छैन ।
धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९
sebon
FACEBOOK COMMENTS