काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन गर्नका लागि समिति गठन गरेको छ ।
बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको स्रोतले जनाएको छ । समितिमा श्रेष्ठक साथै अर्थसचिव डा. कृष्णहरी पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन् । बैठकले निरौला विज्ञका रुपमा नियुक्त गरेको जनाइएको छ ।
पुस २० गते बोर्ड अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएको छ । अहिले बोर्ड नेतृत्व बिहीन भएको छ । बोर्डको अध्यक्षका लागि विभिन्न आधा दर्जन बढी आकांक्षी रहेका छन् ।
FACEBOOK COMMENTS