काठमाडौं । नेपाल धितोपत्र दुई वटा बैंकलाई ऋणपत्र निष्कासनका लागि स्वीकृति दिएको छ ।
बोर्डले नेपाल एसबीआई बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो । बोर्डले साइन रेसुङ्गालाई ८ प्रतिशत ब्याजदर दिने १० वर्षे अवधिको ऋणपत्र निकाष्कासन गर्न स्वीकृति दिएको हो ।
बैंकले प्रति इकाई एक हजार रुपैयाँका दरले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
यस्तै नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । बैंकले ७ प्रतिशत ब्याज दिने जनाएको छ । यसको अवधि १० वर्ष रहेको छ । बैंकले प्रति इकाई एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिंग रहेको छ ।
FACEBOOK COMMENTS