काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागि अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड १० लाखको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
FACEBOOK COMMENTS