काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई जरिवानासहित कारबाही गरेको छ ।
सेबोनले सिप्ला सेक्युरिटिजलाई ५० लाख तथा श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०-३० लाख रुपैयाँ जरिवाना गरेको हो ।
सेबोनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क. को उपदफा (४ ) को खण्ड (घ) र दफा ७ग. को व्यवस्था उलङ्घन गरेकोले सोही ऐनको दफा ७ फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम बोर्डबाट सिप्ला सेक्युरिटिज लिमिटेडलाई ५० लाख, श्री कृष्ण सेक्युरिटिज लिमिटेड र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०- ३० लाख जरिवाना गरिएको जानकारी दिएको छ ।
सेबोनले सम्पत्ति शुद्धीकरण निवारण ऐनले ग्राहकको पहिचान गर्दा सही तथा सोको सम्पत्ति भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको र कुनै पनि वित्तीय कारोबारमा संलग्न ग्राहकको आयस्रोतको वैधानिकता सुनिश्चित गर्न गर्नुपर्ने, ब्रोकर कम्पनीहरूले ग्राहकको खाता खोल्दा अनिवार्य रूपमा यो व्यवस्थाको पालना गर्नुपर्ने भन्दै यी तीन कम्पनीले सो कुरा उल्लङ्घन गरेको सेबोनले जनाएको छ ।

FACEBOOK COMMENTS