काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । आज नेप्से खुलेको १ मिनेटमा नै परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो ।
जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नै नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुन: ४० मिनेटको लागि स्थगित भएको छ । यस अवधिमा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।
FACEBOOK COMMENTS