काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ ।
जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् ।
‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।
दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ ।