काठमाडौँ । दक्षिण अफ्रीकाले अफगानिस्तानलाई दोहोरो सुपर ओभरमा पराजित गरेको छ । भारतको अहमदावादमा सम्पन्न समुह डी अन्तर्गतको खेलको निर्णय दोस्रो सुपर ओभरमा भएको थियो ।
दक्षिण अफ्रीकाले दिएको १८८ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.४ ओभरमा अल आउट हुदै १८७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
त्यसपछि भएको पहिलो सुपर ओभरमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै १७ रन बनाएको थियो । १८ रनको लक्ष्य पाएको दक्षिण अफ्रीकाले १७ रन बनाएर पछि पहिलो सुपर ओभर टाई भएको थियो ।
त्यसपछि भएको दोस्रो सुपर ओभरमा दक्षिण अफ्रीकाले २३ रन बनाएर अफगानिस्तानलाई २४ रनको लक्ष्य दिएको थियो । त्यसपछि अफगानिस्तानले २ विकेट गुमाउदै १९ रन बनाए पछि खेल दक्षिण अफ्रिकाले जितेको थियो ।
यसअघि पहिलो इनिंगमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि रयान रिकेल्टनले सर्बाधिक ६१ रन बनाए भने क्वेंटन डिककले ५९ रन बनाएका थिए । त्यस्तै डेवाल्ड ब्रेभिसले २३ र डेभिड मिलरले २० रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका बलर अज्मतुल्लाह ओमारजाईले ३ र रशिद खानले २ विकेट लिएका थिए । यो दक्षिण अफ्रीकाको लगातार दोस्रो जित हो भने अफगानिस्तानको लगातार दोस्रो हार हो । अब दक्षिण अफ्रीकाले अर्को खेल आगामी शनिबार न्यूजील्याण्डसँग खेल्ने तालिका छ भने अफगानिस्तानले सोमबार युएईसँग खेल्ने छ ।

FACEBOOK COMMENTS