काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक मुक्ति सम्झौताको घोषणाको स्वागत गरेका छन् ।
एन्टोनियो गुटेरेसले अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्दै सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
महासचिव गुटेरेसले भनेका छन्– ’सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ । स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्छ। लडाइँ एक पटक र सधैंको लागि समाप्त हुनुपर्छ ।
उनले गाजामा तत्काल मानवीय सहायताको लागि अपील गरेका छन् र राष्ट्र संघले यो सम्झौताको कार्यान्वयनलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेसँगै गाजामा दुई बर्षदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS