काठमाडौं । करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ ।
उनीहरू आइतबार आज देखि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेसँगै कर्मचारीहरू काममा फर्किएका हुन् ।
उनीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिन एक अध्ययन समिति गठन गर्ने सहमति भएको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारीहरूबीच भएको वार्ता भएको थियो ।
धितोपत्र स्रोतका अनुसार धितोपत्रका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना धितोपत्रका कर्मचारी सदस्य रहेका छन् । उनीहरूलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।
FACEBOOK COMMENTS