असोज १९ , काठमाडौँ । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि नै उनलाई अर्थमन्त्रालयले निलम्बन गरेको थियो ।
उनलाई निलम्बन गरेर सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै सरकारले बर्खास्त गरेको हो ।
अर्थमन्त्रालयकै सिफारिसमा उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको हो ।
FACEBOOK COMMENTS