काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारी दुईहप्तादेखि आन्दोलनमा रहेका छन । दैनिक प्रशासनिक कामकाज नै ठप्प पारेर बोर्डका सबै कर्मचारी अहिले आन्दोलनमा रहेका हुन ।
तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले धितोपत्र बोर्डबाट सञ्चालनमा रहेका कर्मचारी कल्याणकारी कोषको कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ तत्काल खारेज गर्न पत्र लेखेपछि उनीहरू आन्दोलित भएका हुन् ।
उनीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषको नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल री–स्वतन्त्र कर्मचारी युनियन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले विज्ञप्ति जारी गरेका छन् ।
नेपाल धितोपत्र बोर्डको स्वायत्ततामाथि पटकपटक प्रहार भएको भन्दै उनीहरूले स्वायत्त नियामकको रूपमा यसबाट हुने काम कारबाहीलाई प्रभावित पार्ने कार्य भएकाले रोक्न माग गरेका छन् ।
FACEBOOK COMMENTS