काठमाडौं । कारागार तोडेर करिब १३ हजार बढी कैदीबन्दी भागेपछि असुरक्षाको वातावरण बनेको भन्दै गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा टोल सुरक्षा समिति गठन हुन थालेको छ ।
समिति गठन गरी गस्तीसमेत गर्न थालिएको वडा नं- ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले जानकारी दिए । नगरपालिकाले नौ वटै वडामा नगर प्रहरीलाई गस्तीमा खटाएको छ । विशेषगरी रातको समयमा नगर प्रहरीलाई गस्तीमा खटाइएको उनले बताए ।
वडा कार्यालयले सरोकारवालासँग सुरक्षा सम्बन्धमा छलफलसमेत सुरु गरेका छन् । प्रदर्शनकारीले जलाएका, बिगारेका, फुटाएका पोलका बत्ती र सिसी क्यामेरा अनुगमन गरी छिट्टै मर्मत सुरु गरिने उनले बताए ।
वडा कार्यालय, जोरपाटी स्वास्थ्य चौकी र जोरपाटी प्रहरी बिट रहेको भवनको सरसफाइ तथा प्रारम्भिक मर्मत पनि सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS