काठमाडौँ । कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।
हिजोको मन्त्रिपरिषद्को बैठकले घिसिङको जिम्मेवारी खोसेसँगै उनको समर्थनमा हुनसक्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।
सरकारले घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS