रुपन्देही । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गोली चल्दा एक जना घाइते भएका छन् । गए राति १ बजे गोली चल्दा एक जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिए । डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षीय मीनबहादुर सामान्य घाइते भएको र ‘भैरहवास्थित भीम अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएको छ ।
रुपन्देहीको भैरहवामा रहेको होटल निर्वाणा लक्जरी इन्टरनेशनल परिसरमा गोली चलेको छ । गए राति १ बजेको समयमा होटल परिसरमा गोली चल्दा एक जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
घाइते परियारले अपरिचित व्यक्तिले पेस्तोल निकालेर आफूमाथि गोली प्रहार गरेको जनाएका छन् । प्रहरीका अनुसार होटल अगाडि केही व्यक्तिहरुबीच वादविवाद चलिरहेको थियो ।
त्यही क्रममा एक समूह होटलमा प्रवेश गर्न थालेपछि सुरक्षा गार्डले रोक्ने प्रयास गरेका थिए । तर, सुरक्षा गार्डमाथि नै गोली प्रहार भयो । ती व्यक्ति भारतीय नागरिक भएको अनुमान गरिएको छ । उक्त होटलमा क्यासिनो रहेकाले रातिमा पनि होटल सञ्चालन हुँदै आएको छ ।
              
              
              
              		              
FACEBOOK COMMENTS