काठमाडौं । आज बिहीबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरू भएको थियो ।
चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए ।
परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलको भनाइ छ । उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने जानकारी दिए ।
परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिए । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षा हलभित्र पर्यवेक्षण गर्न र तस्बिर लिन रोक
आजदेखि सुरू भएको यस वर्षको एसईई परीक्षाको हलमा प्रवेश गरेर पर्यवेक्षण गर्न र तस्बिर लिन रोक लगाइएको छ । परीक्षार्थीले परीक्षा दिइरहेका अवस्थामा हलभित्र प्रवेश गरी पर्यवेक्षण गर्ने र तस्बिर खिच्ने गरिएकाले उक्त कार्य गर्न नपाउने निणर्य गरेपछि पत्रकार, पर्यवेक्षक वा अन्य व्यक्तिलाई तस्बिर खिच्न रोक लगाइएको शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले जानकारी दिइन् ।
समितिकोे बैठकले गरेको निणर्यानुसार आजदेखि सुरू भई १७ गते सम्पन्न हुने एसईई परीक्षाको हलभित्र परीक्षा दिइरहेको अवस्थामा प्रवेश गरी तस्बिर लिन रोक लगाएको उनले जानकारी दिइन् । परीक्षा हलमा अनुगमन, पर्यवेक्षक र पत्रकारको नाममा जथाभावी प्रवेश गर्ने र तस्बिर लिने गर्दा विद्यार्थीलाई परीक्षामा बाधा पुग्ने गुनासो धेरै ठाउँबाट आएपछि यस्तो निणर्य गरिएको उनको भनाइ छ ।
उनका अनुसार शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी आधिकारिक परिचयपत्रसहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको छ । भक्तपुरका २४ परीक्षा केन्द्रमा छ हजार बढी विद्यार्थी सहभागी छन् । रासस
तस्बिरहरूमा हेर्नुहोस् पहिलो दिनको एसईई-दाङको घोराही उपमहानगरपालिका– १४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थी दीपशिखा माविमा एसईई परीक्षा दिन जाँदै । दाङ जिल्लामा ४७ वटा परीक्षा केन्द्रबाट १२ हजार आठ सय ९८ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।काठमाडौँँको तारकेश्वर नगरपालिका–१० मनमैजुको मानसिङ धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा आइतबारबाट सुरु भएको एसईई परीक्षा दिइरहेका विद्यार्थी ।गुल्मीको महेन्द्र नमुना माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षामा सहभागी छात्रछात्रा ।बैतडीको दोगडाकेदार गाउँपालिका–३ ७नतसीकोटस्थित सनातन धर्म माविको केन्द्रमा एसईई परीक्षा निरीक्षण गर्दै केन्द्राध्यक्ष बलदेव नाथ ।दाङको पद्मोदय पब्लिक नमुना मावि भरतपुर केन्द्रमा बिहीबार अङ्ग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी । यो केन्द्रमा दाङका ६ वटा विद्यालयका ३१९ जना विद्यार्थीले परीक्षा दिँदै छन ।काठमाडौँ महानगरपालिका–२६ सामाखुशीस्थित महर्षि स्कुलमा बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा दिँदै विद्यार्थी ।सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैंटेस्थित सूर्य प्रकाश माध्यमिक विद्यालयमा एसईई दिन आएका विद्यार्थीलाई स्वागत गर्दै केन्द्राध्यक्ष टिकाराम बास्तोला ।एसईई परीक्षा दिनका लागि बिहीबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको चण्डी माध्यमिक विद्यालयका विद्यार्थी पोखरा–३२ स्थित गोगन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ।एसईई परीक्षामा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट ३४ र बाँकेकै बैजनाथ गाउँपालिकास्थित नौवस्ता बालसुधार गृहबाट १२ गरी ४६ जना बालबिज्याईँकर्ताले एसईई परीक्षा दिँदै ।चितवनको नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर उप–केन्द्रमा बिहीबार एसईई परीक्षा दिँदै दृष्टिबिहीन विद्यार्थी ।मोरङको बेलबारी– ११ लक्ष्मी मार्गस्थित रहेको ७नतसी लक्ष्मी माध्यमिक विद्यालयमा परीक्षा केन्द्रमा एसईईमा परीक्षामा सहभागी विद्यार्थी ।सुनसरीको इनरुवास्थित भगवती मावि परीक्षा केन्द्रमा बिहीबार एसईई परीक्षा दिँदै परीक्षार्थी । जिल्लाका ५० परीक्षा केन्द्रमा ३२५ विद्यालयका १३ हजार ६०८ विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाई, सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत मलङगवा–२ स्थित पब्लिक माविमा बिहीबार पहिलो दिन अनिवार्य अङग्रेजी विषयको परीक्षा परीक्षा दिँदै विद्यार्थी ।संखुवासभाको खाँदबारीस्थित रहेको श्री हिमालय माध्यमिक विद्यालयमा रहेको ‘क’ केन्द्रमा बिहीबार एसईई परीक्षामा सहभागी विद्यार्थी ।धनुषाको क्षिरेश्वरनाथ नगपालिका–२ स्थित श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत बिहीबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी ।श्रृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरु क्षेत्र गाउँपालिको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसईई परीक्षा दिँदै ।हुम्लाको मानसरोवर माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसईई परीक्षा दिँदै परीक्षार्थी ।सुर्खेतको वीरेन्द्रनगर नगरपालकिा-८ खजुरास्थति नेपाल राष्ट्रयि माध्यमकि वद्यिालय (खजुरा स्कुल)मा अपाङ्गता भएका व्यक्तहिरु एसईई परीक्षामा सहभागी हुँदै ।
FACEBOOK COMMENTS