भक्तपुर । आजदेखि सुरू भएको यस वर्षको एसईई परीक्षाको हलमा प्रवेश गरेर पर्यवेक्षण गर्न र तस्बिर लिन रोक लगाइएको छ ।
एसईई दिइरहेका विद्यार्थीका लागि ‘टिप्स’
परीक्षार्थीले परीक्षा दिइरहेका अवस्थामा हलभित्र प्रवेश गरी पर्यवेक्षण गर्ने र तस्बिर खिच्ने गरिएकाले उक्त कार्य गर्न नपाउने निर्णय गरेपछि पत्रकार, पर्यवेक्षक वा अन्य व्यक्तिलाई तस्बिर खिच्न रोक लगाइएको शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले जानकारी दिइन् ।
समितिकोे बैठकले गरेको निर्णयानुसार आजदेखि सुरू भई १७ गते सम्पन्न हुने एसईई परीक्षाको हलभित्र परीक्षा दिइरहेको अवस्थामा प्रवेश गरी तस्बिर लिन रोक लगाएको उनले जानकारी दिइन् । परीक्षा हलमा अनुगमन, पर्यवेक्षक र पत्रकारको नाममा जथाभावी प्रवेश गर्ने र तस्बिर लिने गर्दा विद्यार्थीलाई परीक्षामा बाधा पुग्ने गुनासो धेरै ठाउँबाट आएपछि यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
यस्तो देखियो पहिलो दिनको एसईई परीक्षा (फोटो फिचर)
उनका अनुसार शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी आधिकारिक परिचयपत्रसहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको छ । भक्तपुरका २४ परीक्षा केन्द्रमा छ हजार बढी विद्यार्थी सहभागी छन् ।
चैत २७ गते सम्पन्न हुने पररीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।
एसईई परीक्षा दिन गएका प्रेम न्यौपाने पक्राउ
परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने तथा १०० पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
FACEBOOK COMMENTS