गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
कर्पोरट खबर
10:49 am, बिहीबार, चैत ७, २०८१
112Shares
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई परीक्षा सुरू भएको हो ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
यस वर्षको एसईई आजदेखि सुरू भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
तस्बिरहरू–ईशानेश्वर मावि भोर्लेटार लमजुङमा बिहीबार एसईई परीक्षा दिँदै विद्यार्थीहरु ।तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुको मानसिहं धर्म माध्यमिक विद्यालय परिक्षा केन्द्रमा आज बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई दिन आएका विद्यार्थीहरु । देशभरबाट यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन् ।कास्कीको पोखरा महानगरपालिका-२९ भण्ढारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालय परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन जाँदै विद्यार्थीहरू ।तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुको मानसिहं धर्म माध्यमिक विद्यालय परिक्षा केन्द्रमा आज बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई दिन आएका विद्यार्थीहरु । देशभरबाट यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन् ।चितवनको भरतपुर महानगरपालिका १० स्थित चितवन मावि परिक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिन प्रवेश गर्नुअघि लामबद्ध विद्यार्थीहरु ।दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यामिक बिद्यालय रझेना केन्द्रमा आज देखी सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी परीक्षार्थी । दाङमा ४७ केन्द्रमा १४ हजार दुई सय ८८ परीक्षार्थी सहभागी भएको शिक्षा बिकास तथा समन्वय ईकाइ दाङले जनाएको छ ।त्रिजुद्र महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय बिर्तामा बिहीबारदेखि सुरु भएको एसइईमा सहभागी हुँदै विद्यार्थी । यो केन्द्रबाट चार सय २७ विद्यार्थी परीषमा सहभागी छन् ।चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन मावि परीक्षा केन्द्रमा बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिँदै विद्यार्थीहरु ।सङ्खुवासभाको खादबारी नगरपालिका-१ स्थित हिमालय माध्यमिक विद्यालयमा आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै विद्यार्थीहरु । जिल्लामा ३ हजार १ सय २० विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयमा एसइई परीक्षा दिँदै विद्यार्थीहरू ।
FACEBOOK COMMENTS