काठमाडौँ । कुल ४ लाख ६४ हजार ७१९ परीक्षार्थीको सहभागिना रहेको एसर्ईई परीक्षामा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भए जसमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ती विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् ।
सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन् । १ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा एनजी भएका छन् । त्यस्तै १ लाख २६ हजार ९३३ विद्यार्थी साइन्समा एनजी भएका छन् । सोसल स्टडी (सामाजिक अध्ययन)मा ७३ हजार ८७७ विद्यार्थी एनजी भएका छन् ।
जसमध्ये दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
साथै बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट २ सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै, जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
विगत वर्षको तुलनामा नतिजा बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । विगतका वर्षहरूमा गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुने गरेका थिए । त्यो क्रम अहिले पनि निरन्तर चलेको अध्यक्ष शर्माले बताए ।
FACEBOOK COMMENTS