काठमाडौं । गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ।
पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।
आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।


