काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भए पनि गत चैत २० देखि शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलनले नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । नतिजा प्रकाशनबारे निर्णय लिन साँझ साढे ५ बजे बोर्डको अर्को बैठक बसेको थियो ।
एसईईमा कुन जीपीए ल्याउने कति ?
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।
यसअघि २०८० सालको एसईईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पूरक परीक्षा दिन पाउने अवसर दिइएको थियो ।
कसरी हेर्ने नतिजा ?
राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै सूचना प्रकाशित गरेर नतिजा हेर्ने तरिकाबारे जानकारी दिएको छ । जसअनुसार एसएमएस, आईभीआर र वेबसाइटबाट नतिजा हेर्ने व्यवस्था मिलाइएको छ ।
बोर्डका अनुसार निम्न प्लेटफर्महरूबाट नतिजा हेर्न सकिन्छ–
FACEBOOK COMMENTS