काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ को नतिजा सार्वजनिक भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साँझ नतिजा सार्वजनिक गरेको हो ।
नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जीपीए ल्याएका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने २.४ देखि २.८ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
यी पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS