काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार साँझ सार्वजनिक गरेकाे विवरणअनुसार यस वर्ष (२०८१) को एसईईको नतिजामा गत वर्ष (२०८०) भन्दा सुधार देखिएको हो ।
गत वर्ष ४७ दशमलव ८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष उत्तीर्ण हुनेको सङ्ख्या ६१.८१ पुगेको छ ।
यसअनुसार गत वर्षभन्दा यस वर्ष १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ ।
FACEBOOK COMMENTS