काठमाडौं । सेगवेका इलेक्ट्रीक स्कुटर ० प्रतिशत ब्याजदरमा किन्न पाइने भएको छ । कम्पनीले शून्य प्रतिशत ब्यादरमा इलेक्ट्रीक स्कुटर किन्न सकिने फाइनान्स स्कीम ल्याएको हो ।
यो स्कीममा स्कुटर खरिद गर्नका लागि ग्राहकसँग माछापुच्छ्रे बैंकको केडिट कार्ड हुनु पर्नेछ । कम्पनीले माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर शून्य प्रतिशत ब्याज स्कीम ल्याएको हो ।
यो स्कीममा ग्राहकले २ लाख रुपैयाँसम्मको कर्जा पाउने छन् । सोभन्दा बाहेकको रकम ग्राहकले डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसरी कर्जा लिएको रकम २ लाख रुपैयाँ ६ महिनाको मासिक किस्तामा बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।
यदि ग्राहकले १८ महिनाको किस्तामा सेगवेका स्कुटर खरिद गर्ने हो भने पनि पाउने छन् । १८ महिनाको किस्तामा किन्ने ग्राहकले भने १२ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ ।
यो स्कीममा ग्राहकले सेगवेका कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद गर्न सक्नेछन् । सेगवे इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले आइहवले तीन मोडलका स्कुटरहरु विक्री गर्दै आएको छ ।
कम्पनीले सेगवे नाइनवट इ १००, इ १२५ र इ १०० एल विक्री गर्दै आएको छ । यी स्कुटहरुको मूल्य २ लाख ९१ हजार रुपैयाँदेखि ३ लाख ९१ हजार रुपैयाँसम्म रहेको छ ।
FACEBOOK COMMENTS