काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संंस्थाले आगामी कार्त्तिक २७ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादी स्थित रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो १३औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सेयरधनीलाई कूल २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ बराबरको कूल २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाबट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गराउने कार्यक्रम रहेको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि कार्त्तिक १२ गतेदेखि कार्त्तिक २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै कार्त्तिक ११ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।
साथै, संस्थाले साविकको जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको असोज २५ गतेपछि कारोबार भई कायम भएका नयाँ सेयरधनी तथा थप खरिद सेयरको हकमा बोनस सेयरमा लाग्ने कर सेयरधनी स्वयम्ले तिर्नुपर्ने संस्थाले जानकारी गराएको छ ।
