काँग्रेसका वरिष्ठ नेता पौडेलको अग्रता
कर्पोरट खबर
8:20 pm, मंगलबार, मंसिर ६, २०७९
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा तनहुँ क्षेत्र नं १ मा नेपाली काँग्रेसले नेकपा (एमाले)लाई उछिनेको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच सय ४४ मतले अग्रता लिएका छन् ।
आज साँझ ७ बजेसम्मको मतगणनाअनुसार नेता पौडेलले चार हजार सात सय ११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले चार हजार एक सय ६९ मत पाएका छन् ।
यस निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकोमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ–१ प्रदेशसभा १ मा आठ हजार पाँच सय २९ मतगणना गर्दा काँग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका विद्या ढकालले चार सय ४५ मत पाएका छन् । तनहुँ–१ प्रदेशसभा १ तर्फ ३६ हजार तीन हजार ६५ मत खसेको छ ।
तनहुँ–१ प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाएका छन् । नेकपा एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS