काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’को घोषणा गरेको छ ।
जेठ ११ देखि १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउनेछन् ।
यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।
यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन् । यसमा चार्जरको साथमा एक वर्षको अटो प्लस बिमा र एक वर्षको सवारी कर समावेस छन् ।
थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरीज, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्नेछन् । उत्साह थप्दै चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् । यो अफर सीमित समयको लागि मात्र मान्य छ ।
इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।
FACEBOOK COMMENTS