काठमाडौं । सेरेस नेपालले ‘मनसुन एक्सचेञ्ज क्याम्प’ को आधिकारिक सुरूआत गरेको छ । असार १२ गतेदखि सुरू भएको यो क्याम्प १८ गतेसम्म सञ्चालन हुनेछ ।
यसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेञ्ज गर्दै सेरेस थ्रीमा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन् । यो क्याम्प ग्राहकलाई दिगो र भविष्यमैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो ।
यस लिमिटेड–टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरूलाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डष्ट्रीकै बेष्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ । योसँगै क्याम्पेनमा आकर्षक एक्सचेञ्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन्, जुन सबै सेरेस ईभीमा ट्रान्जिशनलाई अझ फाइदाजनक र पहुँचयोग्य बनाउनका लागि डिजाइन गरिएको हो ।
आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ । नेपालमा यसको सेरेस थ्री मोडेलले आफ्नो शक्ति र इञ्जिनियरिङ उत्कृष्टताको सशक्त उदाहरण पेस गर्दै ४,४६० मिटर उचाइको कठिन कोरला नाका पार गरेर इतिहास बनाएको छ ।
अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडेलले इण्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डो इलेक्ट्रिक भेइकल शो (पीईभीएस)’ मा तीनवटा ‘बेष्ट ईभी अवार्ड’ जितेर आफूलाई त्यस क्षेत्रकै अग्रणी ईभीको रूपमा पुनः प्रमाणित गरेको छ । सेरेस चीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरूमध्ये एक हो । यी सफलतासँगै सेरेसले नेपालको बढ्दो ईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वास पनि सँगै लिएर आएको छ ।
यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गतेसम्म उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकको शोरूममा गएर यो अफरको फाइदा लिन र इलेक्ट्रिक गाडीको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS